टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गयो

याे सामग्री सेअर गर्नुहाेस्

सर्लाही, ८ माघ २०७८ ।

सर्लाहिमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएकाे छ । ना ७ ख ८३०० नम्बरको टिपरले बा ८४ प ५९०८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा रहेका हरिवन नगरपालिका–५, का ३५ वर्षका सुनिल बम्जनको ज्यान गएको हाे ।

सर्लाही र रौतहटको सिमाना वाग्मती नदी पुलमा टिपरको ठक्करबाट गम्भीर घाइते भएका बम्जनलाई उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटैमा ज्यान गएको प्रहरीले जनाएको छ । टिपर चालकलाई प्रहरीले पक्राउ गरेकाे छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार