जैमिनीमा ट्याक्टरबाट खसेर दुईजना घाइते, उपचारको लागि बागलुङ लगियो

याे सामग्री सेअर गर्नुहाेस्

 

बागलुङ, ११ माघ २०७८ ।

छिस्तीको रापुङमा ट्याकटरबाट खसेर २ जना घाइते भएका छन् । वन बाट दाउरा लिएर केवै तिर गुडिरहेको ट्याक्टरको छेउपटिको ढाला खुल्दा खसेर २ जना घाइते भएका हुन् ।

मंगलबार दिउसो करिव साँढे ४ बजेतिर बागलुङको जैमिनी नगरपालिका ८ छिस्तीको रापुङमा छेउपटी कोल्टिएर ट्याक्टरको ढाला खुलेको स्थानीय नविन अधिकारीले जानकारी दिनुभयो । घाइतेहरुको छिस्ती स्वास्थ्य चौकीमा सामान्य उपचार गरी थप उपचारकाृ लागि धौलागिरि अस्पताल बागलुङ पठाइएको छ ।

ध १ त ४५७ नम्बरको ट्याक्टरबाट खसेर अन्दाजी ५५ बर्षीय मन बहादुर श्रीस र अन्दाजी १६ बर्षीय नविन श्रीस घाइते भएको ट्याक्टर धनि डिल बहादुर श्रीसले बताउनुभयो । उनिहरु दाउरा  लिएर फर्किएकाे ट्याक्टरको पछाडि ढालामा चढेका थिए ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार