जैमिनीमा असिना पानी, लामाे समयपछि बर्षा हुँदा कृषकहरू खुसी

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, १४ फागुन २०७९ । 

बागलुङकाे जैमिनीमा पानी परेकाे छ । लामाे समयकाे सुख्खापछि आइतबार पानी परेकाे हाे ।

लामाे समयपछि पानी पर्दा कृषकहरू खुसी भएका छन् । खेतबारीमा लगाएकाे बाली पानी नभएपछि सुक्ने अवस्थामा पुगेकाेमा पानी परेपछि केहि आशा पलाएकाे किसानहरूकाे भनाइ छ ।

यस्तै जैमिनी नगरपालिकाकाे बिभिन्न वडामा असिना समेत परेकाे छ । वडा नं १ कुश्मिसेरामा कम मात्रै असिना परेकाे भएपनि वडा नं ४ सर्कुवा, वडा नं ५ बिनामारे, वडा नं ९ पैयुँथन्थाप लगाएतका स्थानमा धेरै नै असिना परेकाे स्थानीयहरूले बताएका छन्र । असिनाले खेतबारीका पाटाहरु सेताम्मै भएका थिए ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार