Breaking News: वियर उद्योग परिसरमा आगलागी, क्षतिको विवरण आउन वाकी

वाग्मती, २१ फागुन २०७७ ।

वाग्मती प्रदेशको राजधानी हेटौँडास्थित हेटौँडा औद्योगिक क्षेत्रमा रहेको नेपाल ब्रिअरी कम्पनी प्रालि (वियर उद्योग) हाताभित्र आज आगलागी भएको छ ।

उद्योग परिसरको पछाडिको खाली जग्गा भागमा रहेका विभिन्न पुराना मालसमान आगलागीबाट क्षति भएको औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख एवं औद्योगिक क्षेत्र व्यवस्थापक राजेन्द्र कँडेलले जानकारी दिनुभयो । आगलागीका नियन्त्रणका लागि दुई वटा दमकल प्रयोग गरिएको थियो । क्षतिको विवरण आउन वाकी छ । आगलागीबाट ठुलो क्षति भएको जनाइएको छ ।

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्

ताजा समाचार

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्