Breaking News: अमलाचौरको बुकेनी वनमा आगलागी, हावा हुरीका कारण नियन्त्रणमा आएन

बागलुङ, ७ चैत २०७७ ।

बागलुङको अमलाचौर भेडावारी वनमा आगलागी भएकोछ । शनिवार दिउसो करिव ४ बजेतीर बागलुङ नगरपालिका १२ को पात्लेखेत, बुकेनी ढाड, खौर भेडावारी वनमा आगो लागेको हो ।

अत्याधिक हावा हुरीका कारण अझैपनि आगो नियन्त्रणमा आउन नसकेको स्थानिय असिम हरि पौडेलले जिल्लाखबर डटकमलाई जानकारी दिनुभयो । आगो अहिले भैरवस्थान  टावर नजिक पुगिसकेकोले थप जोखिम बढेको उहाँको भनाई छ ।

आगोका कारण त्यहाँ भएका हजराैँ वन्यजन्तुहरूकाे नास भएकाे छ  भने नजिकका वस्तीहरू समेत जाेखिममा परेकाे छ । आगो कसले लगायो भन्ने पुष्टि भएको छैन । आगो निभाउन स्थानीयहरु लागिपरेका छन् । थप विवरण आउन बाँकी छ ।

May be an image of fire and outdoors

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्

ताजा समाचार

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्