Breaking News: वनमा लागेको आगो निभाउन जाँदा भिरबाट लडेर एकजनाकाे ज्यान गयाे

रामेछाप, १४ चैत २०७७ ।

वनमा लागेको आगो निभाउन जाँदा भिरबाट लडेर एकजनाकाे ज्यान गएकाे छ । आगो निभाउने जाने क्रममा भिरबाट लड्दा रामेछापको दोरम्बा गाउँपालिका वडा नं–७ का ७० वर्षीय प्रभुलाल श्रेष्ठको ज्यान गएको हाे ।

दाेरम्बा ७ खर्पाखामा लागेको आगो निभाउन जाने क्रममा गएराती श्रेष्ठकाे लडेर ज्यान गएकाे जिल्ला प्रहरी कार्यलय रामेछापले जानकारी दिएकाे छ ।  श्रेष्ठ भिरबाट करिब एक सय मिटर तल खसेका थिए ।

भिरबाट खसेर गम्भिर घाइते भएका श्रेष्ठलाई स्थानीयहरुले उद्धार गरि उपचार गर्नको लागि काठमाडौं लैजाने क्रममा बाटाेमा ज्यान गएको रामेछापका प्रहरी प्रवक्ता श्रीशंकर श्रेष्ठले जानकारी दिनुभयाे । मृतककाे शव पाेष्टमार्टमकाे लागि जिल्ला सदरमुकाम मन्थली लगिँदैछ । मृतककाे शरिरमा आगोले पाेलेकाे छ ।

 

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्

ताजा समाचार

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्