Breaking News: घाँस काट्न जाँदा हराएका युवतीहरू भेटिए, प्रहरी उनिहरूतर्फ जाँदै

 

महाेत्तरी, १८ चैत २०७७ ।

महोत्तरीको भंगहाबाट हराएका ७ बालिका तथा किशोरी भेटिएका छन् । खोजी गर्ने क्रममा बिहान उनीहरु भारतको सीतामढीमा भेटिएका हुन् ।

उनिहरू भारतको सितामढीस्थित रेल्वे लाइन नजिकै फेला परेको भन्दै भंगहा नगरपालिकाका प्रमुख सन्जीवकुमार साहले प्रहरीलाई जानकारी गराएकाे प्रहरीले जनाएकाे छ । उनीहरु अहिले भारतीय प्रहरीको निगरानीमा रहेको प्रहरीकाे भनाइ छ ।

अहिले प्रहरी त्यसतर्फ गइरहेकाे छ । ती किशोरीहरु भँगाहा नगरपालिकाबाट हराएकैहरु हुन् कि होइनन् भन्ने कुरा केहीबेरमा थाहा हुने जनाइएकाे छ ।

बालिका किन र कसरी त्यहाँसम्म पुगे भन्ने कुरा खुल्न सकेको छैन ।  भारतसम्म पुर्याउन कसले समन्वय गर्यो भन्ने कुराको अनुसन्धान भइरहेको प्रीले जनाएकाे छ ।

हिजो दिउँसो घाँस काट्न गएका २० वर्षीया अस्मिता पासवान, १३ वर्षीया ज्योति पासवान, १३ वर्षीया रिया पासवान, ११ वर्षीया अर्चना पासवान, १७ वर्षीया नगिना पासवान, १२ वर्षीया रञ्जना पासवान र १२ वर्षीया सीमा पासवान हराएका थिए ।

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्

ताजा समाचार

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्