Breaking News: घाँस काट्न गएका ७ जना युवती बेपत्ता, खाेजी गर्न प्रहरी परिचालन

 

महोत्तरी, १८ चैत २०७७ ।

महोत्तरीको भंगहाबाट ७ जना किशोरी सम्पर्कविहीन भएका छन् । भंगहा नगरपालिका–८ मा रहेको धर्मपुर टोलका ७ जना किशोरी हिजो दिउँसोदेखि सम्पर्कविहीन भएका हुन् ।

हिजो दिउँसो झण्डै दुई बजे घाँस काट्न निस्केकी २० वर्षीया अस्मिता पासवान, १३ वर्षीया ज्योति पासवान, १३ वर्षीया रिया पासवान, ११ वर्षीया अर्चना पासवान, १७ वर्षीया नगिना पासवान, १२ वर्षीया रञ्जना पासवान र १२ वर्षीया सीमा पासवान बेपत्ता भएकाे जिल्ला प्रहरी कार्यलय महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिनुभयाे ।

उनीहरु  दिउँसो गएको र साँझसम्म घर नफर्किंदा खोजबिन सुरु गरेको र हराएको बारे प्रहरीमा खबर गरेको ज्योति पासवानका बुवा विष्णु पासवानले बताउनुभयो ।

एउटै टोलका उनीहरु घरबाट झण्डै एक किलोमिटरको दुरीमा रहेको पूर्वपट्टीको चौरमा समूहमै घाँस काट्दै गरेको स्थानियवासीले देखेका थिए ।

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्

ताजा समाचार

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्