शुक्रबार देखि आइतबार सम्म कस्ताे रहनेछ नेपालकाे माैसमी अवस्था ?

काठमाडाैँ, २० चैत २०७७ ।

हाल देशमा स्थानीय वायुको प्रभाव रहेको छ ।

हाल देशको पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहेको छ । शुक्रबार देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य  बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा  रहने छ । देशका पहाडी भू-भागका एक दुई स्थानमा अपरान्हपछि मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा माैसम विज्ञान विभाग अन्तर्गतकाे माैसम पुर्वानुमान महाशाखाले जानकारी दिएकाे छ ।

शनिबार प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य  बदली र अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा  रहने छ। प्रदेश १ र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

आइतबार देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा  रहने छ ।  देशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

अबकाे २४ घण्टा भित्र देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य  बदली रही अपरान्हपछि मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन माैसम पुर्वानुमान महाशाखाले  अनुरोध गरेकाे छ ।

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्

ताजा समाचार

याे पनि पढ्नुहाेस्

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्