Breaking News: चार्जमा राखेर चलाउँदा चलाउँदै मोबाइल पड्किँदा किशोरीको ज्यान गयाे

डाेटी, १० चैत २०७७ ।

चार्जमा लगाएर फिल्म हेर्ने क्रममा मोबाइल पड्किँदा अछाममा एक किशोरीको ज्यान गएकाे छ । अछामको मङ्गलसेन नगरपालिका–१ की १५ वर्षीया सपना नाथको आज मोबाइल पड्किएर ज्यान गएको हो ।

मोबाइल पड्किँदा गम्भीर घाइते भएकी नाथको जिल्ला अस्पताल अछाममा उपचारका क्रममा आज ज्यान गएकाे सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका सूचना अधिकारी तथा प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिनुभयाे ।

मृतक नाथ स्थानीय कुन्ती माध्यमिक विद्यालय कक्षा ६ मा अध्ययनरत थिइन् ।

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्

ताजा समाचार

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्