देशका केही ठाउँमा वर्षा र हिमपातको सम्भावना, यस्ताे छ माैसमविद्काे अनुमान

काठमाण्डाै, २२ माघ २०७७ ।

आज हिमाली तथा उच्च पहाडी जिल्लामा हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशका केही ठाउँ र गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र वाग्मती प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यमखालको पानी पर्ने सम्भावना पनि रहेको मौसमविद्ले बताएका छन् ।

आज राति वाग्मती प्रदेशभन्दा पश्चिमतिर पश्चिमी वायुको प्रभाव पर्ने र हल्कादेखि मध्यमखालको वर्षा हुने सम्भावना रहेको मौसमविद् मिनकुमार अर्यालले बताउनुभयो ।

उहाँकाअनुसार अहिले नेपालमा पश्चिमी न्यूनचापीय रेखाको प्रभाव रहेको छ । यस्तै अहिले पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बद्ली भएको मौसमविद्ले बताएका छन् ।

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्

ताजा समाचार

याे पनि पढ्नुहाेस्

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्