आजकाे माैसम: तराईमा हुस्सु, तीन प्रदेशका पहाडी क्षेत्रमा सामान्य बद्ली

काठमाण्डौ, ४ माघ २०७७ ।

अहिले प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बादल लागेको छ भने तराईमा हुस्सु तथा कुहिरो लागेको छ । उत्तरी बङ्गलादेश र आसपासमा बनेको न्यूनचापीय प्रणालीको सामान्य प्रभावका कारण मौसम बद्ली भएको हाे ।

अहिले तराईमा लागेको बाक्लो हुस्सु दिउँसोपखबाट हट्ने मौसमविद् निराजन सापकोटाले बताउनुभयो । आज बेलुकी पनि पूर्वका पहाडी क्षेत्रमा बद्ली हुने र भोलि बेलुकीपख केही ठाउँमा सामान्य वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानूमान् महाशाखाले जनाएको छ ।

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्

ताजा समाचार

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्