अमलाचौर वडा कार्यलयको हर्कतः वडाको फेसबुकबाट एमालेको प्रचार, विरोध पछि हटाइयो

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, ६ कात्तिक २०७८ ।

अमलाचौर वडा कार्यलयको आधिकारिक फेसबुकबाट एमालेको प्रचार गरेको पाइएको छ । बागलुङ नगरपालिका १२ अमलाचौर स्थित वडा कार्यलयको आधिकारिक फेसबुक आइडीबाट एमालेको प्रचार गरिएको हो ।

कात्तिक ६ गते हुने एमालेको वडा अधिवेशनको विषयमा वडाको फेसबुक आइडीबाट स्टाटस पोष्ट गर्दै उपस्थित हुन आग्रह गरिएको छ । बागलुङ नगरपालिका १२ का वडाध्यक्ष गुरुदत्त पाठक सहितलाई ट्याग गरेर शुक्रबार स्टाटस पोष्ट भएको थियो ।

वडाध्यक्ष पाठक एमालेबाट निर्वाचित वडाध्यक्ष हुुनुहुन्छ । पोष्टमा वडा अधिवेशन सफल बनाउन वडा कार्यलयको भवनमा आउन भनिएको छ ।

वडाको आधिकारिक फेसबुकबाट एमालेको प्रचार गरिएपछि चौतर्फी आलोचना भएको थियो ।

पोष्टको विषयमा टिकाटिप्पणी भएपछि शनिवार बिहान पोष्ट हटाइएको छ ।

यस्तो छ स्टाटस

 


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार