Breaking News: कांग्रेस सरकार नजाने महामन्त्री कोइरालाकाे स्पष्टाेक्ती

चितवन, २ माघ २०७७ ।

नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले निर्वाचन आयोगले नेकपाको टुङ्गो नलगाएसम्म निर्वाचन हुन नसक्ने बताउनुभएको छ ।

आज चितवनमा सञ्चारकर्मीसँग  कुराकानी गर्नुहुँदै उहाँले भन्नुभयो “निर्वाचन हुनका लागि नेकपा फुटेको आयोगले जानकारी गराएर चुनाव चिन्ह दिनुपर्छ ।” यही अवस्थामा अगामी वैशाखमा निर्वाचन हुने सम्भावना नरहेको उहाँको भनाइ थियो ।

उहाँले भन्नुभयो “अहिले कसैलाई काखा र कसैलाई पाखा गर्ने पक्षमा कांग्रेस छैन ।” कांग्रेसले स्वतन्त्ररुपमा आन्दोलन गर्ने र एक्लै गर्ने उहाँको भनाइ थियो ।

फरक प्रसङ्गमा बोल्दै उहाँले अहिले कांग्रेस सरकारमा नजाने बताउनुभयो । उहाँले भन्नुभयो “सरकारले तीन वर्ष छ महिनासम्म केही गर्न सकेन । त्यसको अवजस लिन कांग्रेस सरकारमा जाँदैन ।”

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्

ताजा समाचार

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्