ओली पक्ष नेकपाको भेला बागलुङकाे बरेङमा सम्पन्न, संसद् बिघटन न्याय संगत: वक्ता

प्रकाश छन्त्याल
बागलुङ, १७ माघ २०७७ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कार्यकर्ता भेला बरेङमा सम्पन्न भएको छ । शनिवार ओली पक्ष नेकपाको भेला बरेङ गाँउपालिका वडा नंं ३ बाटाकाचौरको नयाँ बजारमा सम्पन्न भएको हो ।

प्रचण्डको नेतृत्वमा नेकपा पार्टी कार्यालय धुम्बाराहीमा सचिवालय बैठक
गण्डकी प्रदेश मुख्यमन्त्रीका सल्लाहकार गोबिन्द नेपालीको प्रमुख आतित्थ्यतामा भएको कार्यक्रमका वक्ताहरुले संसद् बिघटन ओलीको कदम न्याय संगत भएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको बचाउ गरेका थिए । लोकतान्त्रिक व्यवस्थामा जनताले नेता छान्ने अधिकार भएको भन्दै उनिहरुले ताजा जनादेशमा जानु जनपक्षीय काम भएको बताएका छन् ।

कार्यक्रममा बिशिष्ट अतिथी बागलुङ क्षेत्र नं. २ का सांसद डा.सुर्य पाठक, प्रदेश सांसद सावित्रा राना, नेकपा केन्द्रिय सदस्य कृष्ण केसी लगाएतको सहभागिता रहेको थियो ।

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्

ताजा समाचार

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्