कुश्मिसेराबाट नेत्री रामकुमारी झाँक्रीको गर्जन, “जे हो ? हामी नै हो”

बागलुङ, १४ फागुन २०७७ ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाकी नेत्री राम कुमारी झाँक्रीले ओलीसँग सहकार्य गर्न नसकिने स्पष्ट पार्नुभएको छ । शुक्रबार जैमिनी गरपालिकाको केन्द्र कुश्मिसेरामा प्रचण्ड माधव समुहको नेकपा जैमिनीले आयोजना गरेको आम भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

केपी शर्मा ओलीले प्रधानमन्त्री भएपछि देशमा मनलाग्दी गरेको र संवैधानिक व्यवस्थामाथी नै कुठाराघात गरेकाले ओलीसँग एकता गर्न नसकिने उहाँको भनाई छ । ओलीले घात गरेको प्रति माफी माग्दै केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सदस्य नेत्री झाँक्रीले केपीलाई अध्यक्ष मानेर देश र जनताप्रति घात भएको भन्दै आफुहरुले अध्यक्ष मान्नु नै गल्ती भएको बताउनुभयो ।

पार्टीको आधिकारिकता र चुनाव चिन्हको प्रशंगमा उहाँले यो दुवै आफुहरुकै हुने दावी गर्नुभयो । केपी शर्मा ओली साधारण सदस्य समेत नरहेको भन्दै उहाँले ओलीको पक्षमा गएकाहरुले चाहेमा आफुहरुले स्वागत गर्ने संकेत गर्नुभएको छ ।

“बरु चित्रबहादुर केसीको नेतृत्वले नेतृत्व लिनुहुन्छ भने हामीलाई स्विकार्य छ तर केपी शर्मा ओलीसँगको सहकार्य किमार्थ स्विार्य हुन सक्दैन” उहाँले भन्नुभयो । “मोहन विक्रम सिंहको कम्युुनिष्ट विश्वविद्यालयको चेला बन्न चाहन्छौँ । हामीलाई सँधै बाटो देखाउनुहोला ।”

अधिकाँश समय आलोचनामै खर्चनु भएका झाँक्रीले यदी ओलीमा नैतिकता छ भने आफु काठमाडौ पुग्दा राजिनामा आइसक्नु पर्ने धारणा राख्नुभयो ।

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्

ताजा समाचार

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्