राष्ट्रिय जनमोर्चाको जैमिनीमा आमसभा: संसद् बिघटनको विरोध, पुनस्थापनाको माग

बागलुङ, १७ माघ २०७७ ।

राष्ट्रिय जनमोर्चा जैमिनी नगर समिति बागलुङले जैमिनीमा आमसभा गरेको छ । “विघटित प्रतिनिधिसभाको पुनरस्थापना गर, गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षताको रक्षा गरौं, संघीयता र भ्रष्टाचारका विरुद्ध संघर्ष गरौं” भन्ने मूल नाराका जनमोर्चाले शनिवार जैमिनीमा आमसभा गरेको हो ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय जनमोर्चाकी केन्द्रीय उपाध्यक्ष दुर्गा पौडेलले प्रमुख अतिथिको आशनबाट सम्बोधन गर्दै जनताबाट झण्डै दुई तिहाई बहुमतको समर्थन पाएको सरकारले संसद् विघटन गर्नु प्रधानमन्त्री केपी ओलीको अलोकतान्त्रिक र असंवैधानिक कदम भएको बताउनुभयो ।

देशको लागि घातक हुने एमसीसी परियोजना देशमा लागु गराएर देशको स्थिति डामाडोल बनाउने बिदेशी शक्ती नेपालको राजनितिमा पनि लागिपरेकाले देशमा यो स्थिति सृजना भएको उहाँको आरोप थियो ।

पार्टीको आन्तरिक कलहलाई मिलाउन नसकी आफ्नो पद र कुर्सी जोगाउन जनताको भावनामाथि खेलवाड गरिएको भन्दै उहाँले संसद्लाई दाउ बनाएर कानुन विपरीत संसद् भंग गर्नु असंवैधानिक कदम भएकाले यसको विरोध गर्न र संसद् पुनस्थापना लागि आम नेपाली जनता संघर्षमा होमिनुपर्ने बेला आएको बताउनु भयो ।

Image may contain: 4 people, outdoor

राष्ट्रिय जनमोर्चाका राष्ट्रिय परिषद सदस्य तथा प्रदेश मामिला सभापति एवं गण्डकी प्रदेशसभाका सदस्य कृष्ण थापाले देशलाई गम्भिर संकटतिर धकेलेर प्रधानमन्त्रीले जनताका लागि ठुलो घात गरेको बताउनुभयो ।

बिरोध सभामा जनमोर्चाका केन्द्रिय सदस्य तथा जिल्ला समन्वय सनिति बागलुङका प्रमुख राजेन्द्र ढुंगानाले देशमा संघियता थेग्ने क्षमता नभएको भन्दै उहाँले विदेशी शक्तीको आडमा देशलाई अधोगतीतिर धकेल्ने प्रयास भैरहेको आरोप लगाउनुभयो ।

कार्यक्रममा बोल्ने बक्ताहरुले संसद् बिघटनको विरोध गरेका थिए ।

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्

ताजा समाचार

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्