बागलुङ, फागुन २०७८ ।
जैमिनीमा सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता सम्बन्धि तीनदिने तालिमको शुभारम्भ भएको छ । सोमबार जैमिनी नगरपालिकाको आयोजनामा नगरपालिकाका वडा सचिवहरुलाई लक्षित गरी तालिमको सुरुवात गरिएको हो ।
तालिममा घटना दर्ता सम्बन्धि प्राविधिक ज्ञान दिइने जैमिनी नगरपालिकाका एमआइएस अपरेटर तारा प्रसाद पौडेलले जानकारी दिनुभयो । नगरपालिकाका सबै वडामा अनलाइनबाट घटना दर्ता हुने र प्राय सबै प्रणालीहरु अनलाइनमा लगिएकाले यस सम्बन्धि सचिवहरु र कार्यलय सहयोगी सहितलाई दक्ष बनाउन तालिमको आयोजना गरिएको जैमिनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानराज कोइरालाले जानकारी दिनुभयो ।
तालिममा घटना दर्ता सहित राजश्व, सामाजिक सुरक्षा र प्रधानमन्त्री रोजगारको विषयहरु पनि समावेश गरिनेछ ।

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।
प्रतिक्रिया दिनुहाेस्