अलपत्र नेपालीलाई स्वदेश ल्याउन कांग्रेसले संसदमा दर्ता गर्यो सार्वजनिक महत्वको प्रस्ताव

काठमाडौं । विदेशमा अप्ठ्यारोमा परेकाहरुलाई सुरक्षित रुपमा स्वदेश फिर्ता गर्न माग गर्दै प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ ।

नेपाली कांग्रेसका सांसद गगन थापाले दर्ता गरेको प्रस्तावको समर्थकमा डिला संग्रौला र प्रकाश रसाइली रहेका छन् ।

आममाफी पाएका, रोजगारी गुमाएका र उच्च जोमिखमा रहेका नेपालीलाई तत्काल र कम जोखिममा रहेकाहरुलाई चरणवद्ध रुपमा उद्धार गर्नुपर्ने संकल्प प्रस्तावमा उल्लेख गरिएको छ ।

जोखिममा भएका र लकडाउनका कारण रोजगारी स्थगित भएकाहरुलाई गन्तव्य मुलुकमै व्यवस्थापन गर्ने प्रस्ताव गरिएको छ ।

यस्तै भारतबाट जोखिमपूर्ण ढंगले आउने क्रम रोक्न नेपालीलाई सीमित र निश्चित नाका खुला गरेर अलपत्र परेकाहरुलाई नेपाल ल्याउने र क्वारेन्टाइनमा राख्नुपर्ने कांग्रेसका तीन सांसदको प्रस्ताव छ ।

यसरी ल्याएकालाई परीक्षण गरेर घर पठाउने तथा भारतमै रहेका तर खाना र आवासको समस्या भएकालाई दूतावासमार्फत व्यवस्था गर्नुपर्ने प्रस्तावमा उल्लेख गरिएको छ ।

यसका साथै अध्ययन, भ्रमण र भेटघाटका लागि गएर जोखिममा नभएका तर आफ्नै खर्चमा फर्किन चाहेनहरुलाई पनि सुरक्षा र स्वास्थ्य मापदण्ड पुरा गरेर ल्याउने वातावरण बनाउनुपर्ने तीन सांसदले संकल्प प्रस्तावमा उल्लेख गरेका छन् ।

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्

ताजा समाचार

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्