‘इनफ इज इनफ’ अभियानका अभियान्ताले २३ औं दिनमा तोडे अनसन

काठमाडौं । कोरोना विरुद्ध लड्न सरकार गम्भीर बन्ने लिखित सम्झौतापछि ‘इनफ इज इनफ’ अभियानका अभियन्ताले आमरण अनसन तोडेका छन् ।

‘इनफ इज इनफ’ अभियानका अभियन्ता ईः ले आइतबार २३ औं दिनमा अनसन तोडनुभएको हो । उहाँलाई स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीर अधिकारीले पानी खुवाएर अनसन तोडाउनुभयो ।

ईः र स्वास्थ्य मन्त्रालयबीच स्वास्थ्यकर्मी कसैलाई पीपीई अभाव भयो भने स्वास्थ्य मन्त्रालले तत्काल उपलब्ध गराउने, कोरोना नियन्त्रणमा भएको खर्च यथाशिघ्र सार्वजनिक गर्नेलगायतका १२ बुँदामा सहमति भएको छ ।

कोरोना नियन्त्रणमा सरकारका कामकारवाही प्रभावकारी नभएको भन्दै इनफ इज इनफ अभियन्ताहरुले खबरदारी गर्दै आएका छन् ।

ईः को यो सरकारलाई दबाव दिने उद्देश्यले बसेको दोस्रो अनसन हो । पहिलो पटक भएको सम्झौता स्वास्थ्य मन्त्रालयबाट कार्यान्वयन नभएको भन्दै ‘इनफ इज इनफ’ अभियानका अभियान्ता दोस्रो पटक अनसन बसेका हुन ।

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्

ताजा समाचार

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्