१०२ दिनपछि न्यूजिल्याण्डमा पुनः लकडाउन

न्यूजिल्याण्डको सबैभन्दा ठूलो शहर ओक्ल्याण्डमा पुनः लकडाउन भएको छ । १०२ दिनसम्म स्थानीय संक्रमित बिहीन रहेको न्यूजिल्याण्डमा चार जनामा कोरोना भाइरसको संक्रमण देखिएपछि पुनः ओक्ल्याण्डमा लकडाउन लागू गरिएको हो ।

हालै यात्रा नगरेका एकै परिवारका चार जनामा मंगलबार कोरोना भाइरसको संक्रमण देखिएपछि स्थानीय संक्रमण मुक्त १०२ दिनको क्रम भंग भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

संक्रमित व्यक्तिसँग सम्पर्कमा आएका व्यक्तिहरुको खोजीमा स्थानीय अधिकारीहरु सक्रिय भएका छन् । ओक्ल्याण्डमा लकडाउन बुधबारदेखि लागु भएकाे छ ।

ओक्ल्याण्डमा ठूलो संख्यामा मानिस भेला हुन पाउने छैनन्, अत्यावश्यक बाहेकका व्यवसायहरु बन्द गरिने छ र देशभर नै सामाजिक तथा भौतिक दूरी कायम गर्नु पर्ने नियम लागू हुने जनाइएको छ ।

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्

ताजा समाचार

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्