१० वर्षीया बालिकालाई बलात्कार गर्ने ४३ वर्षीय पुरुष पक्राउ

धनुषा । १० वर्षीया बालिकासँग करणी गरेको आरोपमा सिराहाबाट एक जनालाई पक्राउ गरिएको छ ।

लहान नगरपालिका–५ की १० वर्षीया बालिकालाई करणी गरेको आरोपमा सोही ठाउँका ४३ वर्षीय पुरुषलाई पक्राउ गरिएको हो ।

बालिकासँग करणी गरेको जानकारी आएपछि इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

पक्राउ परेका व्यक्तिलाई इलाका प्रहरी कार्यालय लहानमा राखिएको तथा पीडित तथा पीडकको स्वास्थ परीक्षण लगायत अन्य अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्

ताजा समाचार

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्