११ वर्षीया बालिकालाई यौन दुव्यबहार गरेको आरोपमा ६५ वर्षका पुरुष पक्राउ

पर्वत । ११ वर्षीया बालिकालाई यौन दुव्यबहार गरेको आरोपमा पर्वतबाट एकजना पक्राउ परेका छन् ।पसलमा सामान किन्न गएकी बालिकालाई यौन दुव्र्यबहार गरेपछि पर्वतको कुश्मा नगरपालिका- ७ खरेहाका ६५ वर्षका रमाकान्त शर्मालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

शिवालय खानेपानी उपभोक्ता समिति कुश्माको उपाध्यक्षसमेत रहेका शर्माको पसलमा सामान किन्न गएकी बालिकालाई यौन दुव्यबहार गरेपछि बालिकाका अभिभावकले प्रहरीमा खबर गरेका थिए ।

शर्मालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पवर्तका प्रहरी नीरिक्षक बिकास थापाले जानकारी दिनुभयो ।

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्

ताजा समाचार

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्