पालिका तहका कर्मचारीको सरुवा स्थगित, यस्ताे छ मन्त्रालयकाे व्यवस्था

याे सामग्री सेअर गर्नुहाेस्

काठमाण्डाै, ८ पुस २०७८ ।

सरकारले पालिकाका कर्मचारीको सरुवा स्थगित गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आउँदाे चुनावलाई ध्यानमा राख्दै पालिकाका कर्मचारीको सरुवा स्थगित गरेको हो ।

पछि फेरि उपयुक्त समयमा अन्तर पालिकामा सरुवा गर्ने गरी अहिलेलाई सरुवाको काम स्थगित गरिएको मन्त्रालयले विज्ञप्ति निकालेर जानकारी गराएकाे छ । लोकसेवा आयोगबाट पालिकामा सिफारिस भइ स्थायी नियुक्त भएका कर्मचारीहरुलाई कामकाजमा खटाउने सम्बन्धी कार्य अर्को व्यवस्था नभएसम्मका लागि स्थगित गरिएको विज्ञप्तिमा उल्लेख छ ।

अब कुनैपनि स्थानीय तहका कर्मचारीहरू चुनावअघि सरूवा वा काज सरूवा हुन पाउनेछैनन् ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार