‘अनसनकारीसँग संवाद गर्न कुन साइत कुरिरहनुभएकाे छ प्रधानमन्त्रीज्यू ?’

काठमाडाैं । जनताको जीवन रक्षा गर्ने जिम्मेवारीबोध र शासकीय क्षमता सरकारमा नदेखिएको नेपाली कांग्रेसले जनाएको छ । कोभिड १९ नियन्त्रणमा सरकारी प्रभावकारीता खाेजेर अनसनरत युवाले उठाएका माग पूरा गर्न  कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आग्रह गर्नुभएकाे छ ।

अनसनरत युवाका मागप्रति एक्यबद्धता जनाएर शर्माले प्रधानमन्त्रीसमक्ष प्रश्न गर्नुभएकाे छ  ‘न सत्ता मागेका छन् न भत्ता । अनसनकारीसँग संवाद गर्न र समाधान खोज्न कुन साइत कुरिरहनुभएकाे छ प्रधानमन्त्रीज्यू ?’

२० दिनदेखि आमरण अनसनमा बसेका युवाको मागप्रति सरकार गम्भीर नभएको भनी शर्माले पुनः ध्यानाकर्षण गराउनुभएकाे हाे । ‘इनफ इज इनफ’का अभियन्तासँग संवाद र समाधानका लागि सरकार गम्भीर नदेखिएकाे शर्माकाे भनाइ थियाे ।

स्वास्थ सामग्री खरिदमा भएको भ्रष्टाचारमा कारवाही, समुदायस्तरमा व्यापक पीसीआर परीक्षण, आरडिटी खारेजी, मापदण्डअनुसार क्वारेन्टाइन व्यवस्थापनका विषयमा सुरुवातदेखि नै कांग्रेसले आवाज उठाएको विज्ञप्तिमा उल्लेख छ ।

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्

ताजा समाचार

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्