वर्षा सँगै हिमपात, जनजीवन प्रभावित, किसानहरू खुशी

शेरबहादुर सार्की
बाजुरा, २३ माघ २०७७ ।

बाजुरामा बिहिवार रातीबाट हिमपात सुरु भएको छ । जिल्लाका विभिन्न ठाउँमा भारी हिमपात भएपछि जनजिवन प्रभावित भएको छ ।हिमपातका कारण चिसो बढ्न पथालेपछि पूर्वी उत्तरी क्षेत्रमा पर्ने स्वामिकार्तिक,हिमाली,जगनाथ गाँउपालिका र बुढिनन्दा, छेडेदह त्रिवेणी, बुढीगङ्गा,बडिमालिका नगरपालिकाका ठाउँमा जनजीवन प्रभावित बन्दै गएको हो ।

बाजुराको सदरमुकाम मार्तडीदेखि कोल्टीको सडकमा बाक्लो हिमपात भएपछि यातायातका साधन समेत ठप्प रहेका छन् ।
सडकमा बाक्लो हिउँ जमेपछि गाडी चलाउन समस्या हुँदा बिहानदेखि यातायातका साधन ठप्प रहेको जीप चालक प्रेम रोकायाले बताउनुभयो ।
यती बेला लामो समयपछि जिल्लाका विभिन्न ठाउँमा हिमपात भएपछि किसान भने हर्षित भएका छन् ।

हिउँदमा लगाएको बाली सुक्न लागेका समयमा भारी हिमपात भएपछि गहुँबाली तथा तरकारी खेतीमा ठुलो राहत मिलेको भन्दै किसान खुसी भएका हुन् ।
हिमपात भएपछि किसानलाई राहत पुगेको बूढीगङ्गा नगरपालिका २ मुस्तोलाका पुने रावतले बताउनुभयो ।
उहाँले भन्नुभयो, कात्तिकमा लागएको गहुँबाली सिचाँइ नभएकोले सुक्न लागेको थियो । यतीबलो पानी सँगै हिमपात भएपछि हामी किसानलाई धेरै राहत भएको छ ।

बडिमालिका ,त्रिवेणी बुढीगङ्गा छेडेदह लगायतका ठाउँमा हिमपात सुरु भएपछि त्याहाँ किसानलाई धेरै राहत भएको स्थानीय हर्के रावतले बताउनुभयो ।
उहाँले भन्नुभयो, सिचाँइ रहेको पानी भन्दा हिमपात भएपछि गँहुमा लाग्ने किरा फट्याङग्रा मर्ने भएकोले खेतीपातीलाई राम्रो भएको छ ।

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्

ताजा समाचार

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्