आइसोलेशनबाटै बिरामी बेपत्ता

 हाम्राे प्रयास । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्री आइसोलेशनबाट तनहुँको ब्यास नगरपालिका वडा नं ३ दमौली घर भएका ४१ वर्षीय बसिर अहम्मद मिया बेपत्ता भएका छन् । प्रि आइसोलेशनमा रहेका बिरामी शुक्रबार बेपत्ता भएको बिरामीका भाइ हनिफ महम्मदले जानकारी दिएका छन् ।

ज्वरो आए सँगै उनलाई दमौलीकै एक अस्पतालमा भर्ना गरिएको थियो । त्यहाँबाट उनलाई पश्चिमाञ्चल रिफर गरियो ।

पिसिआर रिर्पोट बिना कुनै पनि अस्पतालले भर्ना नलिने भने पछि कहिले चरक हस्पीटल त कहिले पश्चिमाञ्चल अस्पताल भौतारिनु पर्यो । चरक अस्पतालको आइसोलेशनमा राख्दा दैनिक १५ हजार रुपैया खर्च लाग्ने भएपछि उनीहरु बिरामी लिएर बिहीबार पुनः पश्चिमाञ्चल क्षेत्रीय अस्पताल नै पुगे । बहिवार बिरामीलाई पश्चिमाञ्चल अस्पतालको प्रि आइसोलेशन वार्डमा उनकी श्रीमतिले लिएर गएकी थिइन ।

शुक्रबार मात्र उनको कोरोना परीक्षण गर्ने भनि अस्पतालले समय दियो । प्रीआइसोलेशनमा राखिएका उनी शुक्रबार एकाएक अस्पतालबाट गायब नै भए । उनी हाल बेपत्ता छन । शुक्रबार एक बजे सम्म उनी परिवारको सम्पर्कमा रहेको उनका भाई हनिफ महम्मदले जानकारी दिए ।

 

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्

ताजा समाचार

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्