जैमिनी र बरेङमा ३९ औँ मगर दिवस मनाइयो, सम्पुर्ण मगरहरु एक हुनुपर्ने सन्देश

बागलुङ, १५ फागुन २०७७ ।

बागलुङको जैमिनीमा ३९ औँ मगर एकता दिवस मनाइएको छ । शनिवार मगर दिवसको अवसरमा जैमिनी नगरपालिकाको केन्द्र कुश्मिशेरामा बिबिध कार्यक्रम गरिएको हो ।

नेपाल मगर संघ जैमिनी नगर समितिको आयोजनामा भएको कार्यक्रममा सहभागीहरुले मगर भेषभुषा र बाजागाजा सहित बजार परिक्रमा गरेका थिए ।
मगर परिकारको समेत व्यवस्था गरिएको कार्यक्रममा जैमिनी नगरपालिकाका नगर प्रमुख इन्द्रराज पौडेलले प्रमुख आतिथ्यको आशनबाट बोल्दै नेपालीहरु बहुसंस्कृतिक भएको प्रति गर्व गर्नुपर्ने बताउनुभयो । हाम्रा भेषभाषा फरक भएपनि हामी विविधतामा रमाउन सिकेको भन्दै उहाँले एक अर्काको अस्तित्वलाई सबैले सम्मान गर्नुपर्ने धारणा राख्नुभयो ।

नेपाल मगर संघ जैमिनी नगर समितिका अध्यक्ष तिलक थापा मगरको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिकाका १० वटै वडाका मगर समुदायहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको अवसरमा सााकृतिक प्रस्तुतीहरु समेत भएका थिए ।

यस्तै बागलुङको बरेङमा पनि सोही दिवस बिबिध कार्यक्रम गरी मनाइएको छ । बरेङ गाँउपालिका वडा नं. १ धुल्लुबाँस्कोटको ओख्रेनी, मजुवा, वडा नं. २ हुग्दिशीर लगायत गाँउपालिकाका बिभिन्न मगर बस्ती रहेका ठाँउहरुमा यो दिवश मनाइएको हो ।

दिवसको अवसरमा बरेङ गाँउपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्मा, वडा नं. १ धुल्लुबाँस्कोटका वडा अध्यक्ष नरसेङ पुन, नेपाल पत्रकार महासंघ बागलुङ शाखा सदस्य प्रकाश छन्त्याल लगाएतले प्रथम सहित लखन थापाको तस्विरमा माल्यार्पण गर्दै शुभकामना व्यक्त गर्नुभएको छ ।

दिवसको अवसरमा बोल्ने अधिकांश वक्ताहरुले मगरहरु पहिचान सहित एक हुनुपर्ने धारणा राखेका छन् ।

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्

ताजा समाचार

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्