आजको मौसम : केही ठाउँमा भारी वर्षाको सम्भावना

काठमाडौं । शनिबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रदेश १, प्रदेश २, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

महाशाखाका अनुसार शनिबार देशका धेरै भूभागमा सामान्य बदली रही धेरैजसो स्थानमा मेघ गर्जनसहित चट्याङ र हल्कादेखि मध्यम वर्षाको सम्भावना पनि रहेको छ । यस्तै, शनिबार राति देशका सबै ठाउँमा मेघ गर्जनसहित चट्याङ पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्

ताजा समाचार

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्