इतिहासकै धेरै डढेलो लागेकाे वर्षः७७ वटै जिल्लामा डढेलाे लाग्याे,यस्ताेछ यतिधेरै डढेलाे लाग्नुकाे कारण

याे सामग्री सेअर गर्नुहाेस्

 काठमाडाैँ, ३० चैत २०७७ ।

नेपालमा इतिहासकै धेरै डढेलो लागेको वर्ष यो वर्ष बनेकाे  छ ।

याे वर्ष देशभरका ७७ वटै जिल्लाका बिभिन्न स्थानहरूमा डढेलाे लागेका कारण इतिहासकै धेरै डढेलाे लागेकाे वर्ष बनेकाे हाे ।  गएको कात्तिक महिनादेखि हिजोसम्म देशभरका ४ हजारभन्दा धेरै ठाउँमा डढेलो लागेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जानकारी दिएकाे छ ।

 

यो सङ्ख्या नेपालमा डढेलोको रेकर्ड राख्न थालेयताकै सबैभन्दा धेरै भएको जनाकारी दिँदै,यसपटक सात प्रदेशका ७७ वटै जिल्लामा डढेलो लागेको प्राधिकरणले जनाएकाे छ । डढेलोबाट पाँच जनाको ज्यान गएको छ भने हजारौँ पशुपक्षी तथा हजारौँ हेक्टर जमिनमा क्षति पुगेको जनाइएकाे छ । कति क्षेत्रफल जमिनमा डढेलो लाग्यो भनेर तथ्याङ्क सङ्कलनको काम भइरहेको जानकारी दिइएकाे छ ।

यस्ता छन् डढेलाे लाग्नुका कारणः

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलका अनुसार  ६० प्रतिशत ठाउँमा मान्छेले जानाजान डढेलो लगाएको, ३० प्रतिशत ठाउँमा लापरबाहीका कारण डढेलाे लागेकाे छभने  १० प्रतिशत ठाउँमा सतर्कता अपनाउँदा अपनाउँदै पनि डढेलो लाग्ने गरेको छ । सबैभन्दा ध्यानदिनु पर्ने कुरा नयाँ घाँस पलाउने आशामा नागरिकले डढेलो लगाउँदा त्यसले ठूलो क्षति निम्त्याइरहेको उहाँकाे भनाइ छ ।

यसपटकको इतिहासकै धेरै डढेलो लाग्नुमा मानवीय लापरबाही देखिएकाले जानाजान डढेलो लगाउनेलाई तत्कालै कारबाही गर्ने पनि उहाँले चेतावनी दिनुभयो । सहर नजिकै र मानवीय तथा भौतिक क्षति धेरै हुने ठाउँमा हेलिकप्टरबाट पानी खन्याएर डढेलो नियन्त्रणको अभ्यास सुरु गरिएको र यसलाई निरन्तरता दिइने पनि पोखरेलले जानकारी दिनुभयो ।

डढेलाेकाे दीर्घकालीन असरः

डढेलोका कारण वन मासिने, वन्यजन्तु लोप हुने, र बाक्लो तथा हानिकारक धुवाँका कारण हिमालको हिउँ समेत छिटै पग्लने जस्ता गम्भीर र दीर्घकालीन असरको जोखिम रहेको पोखरेलले जानकारी दिनुभयो ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार