कोरोनाविरुद्धको खोप अभियानः चीनले दिएकाे खाेपमा पहिलाे पटक लगाउनेलाई प्राथमिकता दिइने

याे सामग्री सेअर गर्नुहाेस्

काठमाडौं, १७ जेठ २०७७ ।

चीनले दिएकाे खाेपमा पहिलाे पटक लगाउनेलाई प्राथमिकता दिइने भएकाे छ ।

चिन बाट अनुदानमा प्राप्त खाेपमा पहिलाे पटक लगाउनेलाई प्राथमिकता दिइने भएकाे हाे । कोरोनाविरुद्धको खोप अभियानअन्तर्गत चीन सरकारले अनुदानमा दिन लागेको खोप अहिलेसम्म एक पटक पनि नलाएका नागरिकलाई पहिलो चरणमा लगाइने भएको छ । चीन सरकारले अनुदानमा दिन लागेको भेरोसेल खोप लिन आज राति ११ बजेर ३० मिनेटमा नेपाल वायुसेवा निगमको ए ३३० वाइडबडी जहाज चीनको बेइजिङ जाँदै छ ।

आठ लाख भेरोसेल खोप लिएर वाइडबडी जहाज मंगलबार दिउँसो २ बजे काठमाडौं अवतरण गर्ने छ ।
उक्त भेरोसेल खोप एक पटक पनि खोप नलगाएका नागरिकलाई दिइने स्वास्थ्य मन्त्रालयका खोप महाशाखा प्रमुख झलक गौतमले जानकारी दिनुभयाे । खोप अभियान ७७ वटै जिल्लामा सञ्चालन गरिने बताइएकाे छ ।

यहि जेठ १२ गते राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुभएको आग्रहमा चिनियाँ राष्ट्रपति सि जिङपिङले उक्त खोप नेपाललाई अनुदानमा दिने घोषणा गर्नुभएको थियो । यता स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १८ वर्षभन्दा माथिका नागरिकका लागि कोरोनाविरुद्धको पहिलो खोपका लागि अनलाइन आवेदन भर्न आग्रह गरेको थियो । काेराेनाविरुद्धको दोस्रो चरणको खोप अभियान सकिने वित्तिकै यो अभियान शुरु हुने र यसको लागि तयारी भइरहेको महाशाखा प्रमुख झलक गौतमले बताउनुभयो ।

कोरोनाविरुद्धको पहिलो खोप लगाउनका लागि देशको जुनसुकै ठाउँबाट पनि फारम भर्न सकिने छ र फारम भर्ने अन्तिम मिति भने मन्त्रालयले ताेकेकाे थिएन । काेराेना भाइरस कोभिड १९ सङ्क्रमणविरुद्ध खोप लगाउन जोसुकै इच्छुक नेपाली नागरीककले आवेदन दिन सक्ने बताइएकाे छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार