आगलागीले पाँच घर जलेर नष्ट

हाम्राेप्रयास ।  जाजरकोटको नलगाड नगरपालिका– ८ चौरिल्लामा आगलागी हुँदा पाँच घर जलेर नष्ट भएका छन् ।

स्थानीय नेत्रबहादुर चदाराको घरबाट सुरु भएको आगोले छिमेकी दत्ते चदारा, सर्के चदारा, दलजीत चदारा  र पर्से परियारको घरमा फैलिएको थियो ।

आगलागीबाट ती घरहरु पुर्ण रुपमा जलेका छन् । घरमा रहेका अन्न, लत्ताकपडा र भाँडाकुना सवै जलेको स्थानीय निरज केसीले जानकारी दिए ।

आगलागी कसरी भयो भन्ने कुरा नखुलेको उनले बताए ।

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्

ताजा समाचार

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्