नेपाली गरगहनाको निर्यातका लागि तालीममा जोड, तालीमका लागि केन्द्रले सहयोग गर्ने

काठमाण्डौ, २७ माघ २०७७ ।

नेपाली गरगहनाको निर्यात प्रवर्धनका लागि सीपमूलक तालिम दिलाउनुपर्नेमा सरोकार भएकाले जोड दिएका छन् । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणा र सुनचाँदी व्यवसायी महासङ्घका प्रतिनिधिमण्डलबीच आज भएको छलफलमा यस्तो आवश्यकता औँल्याइएको हो ।

कार्यकारी निर्देशक राणाले सुनचाँदी व्यवसायीले नेपाली मौलिक गरगहना निर्यातमा जोड दिनुपर्ने आवश्यकता औँल्याउँदै त्यसका लागि आवश्यक पर्ने सीपमूलक तालीमका लागि केन्द्रले सहयोग गर्ने बताउनुभयो । उहाँले नेपाली परम्परागत कला कौशलयुक्त गरगहनाको निर्यातबाट रोजगारी प्रवद्र्धन गर्दै मुलुकमा विदेशी मुद्रा आर्जनको प्रशस्त सम्भावना रहेको रहेको उल्लेख गर्नुभयो ।

नेपाली गरगहनाको निकासीमा कुनै समस्या भए त्यसको समाधानका लागि आवश्यक सहजीकरण गर्न केन्द्र तयार रहेको बताउँदै उहाँले व्यवसायिक हितका लागि सम्भव भएसम्मका सबै क्षेत्रमा सहयोग गर्ने बताउनुभयो । नेपाली गरगहना निर्यातका क्रममा भन्सार नाकामा उत्पन्न हुने प्राविधिक कठिनाइ सरलीकरण गर्न केन्द्रले आवश्यक पहल गर्ने आश्वासन उहाँले दिनुभयो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यले नेपाली मैलिक गरगहनाको निर्यातबाट व्यवसाय वृद्धि मात्र नभई मुलुकभित्रै प्रशस्त रोजगारीको अवसर सृजना हुने तथा मुलुकमा विदेशी मुद्रा भित्रने सम्भावना पनि बढ्ने भएकोले यसतर्फ सरकार र व्यवसायी सबैको ध्यान जान आवश्यक भएको बताउनुभयो ।

केन्द्रसँग निर्यात प्रवर्धनका, गरगहना निर्माणका लागि आवश्यक पर्ने तालीम, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गोष्ठी तथा मेलालगायतका क्षेत्रमा सहयोगको अपेक्षा गरिएको उहाँले बताउनुभयो ।

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्

ताजा समाचार

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्