वैशाख १६ देखि यता ६३ जिल्लामा ६ सय ८० महिलामाथि हिंसा,५० प्रतिशत घटना घरेलु हिंसाका

काठमाडाैँ, ५ साउन २०७८ । 

वैशाख १६ देखि यता नेपालमा ६ सय ८० जना महिला माथि हिंसा भएकाे छ ।

वैशाख १६ अर्थात यस वर्षकाे निषेधाज्ञाको अवधि शुरू भए देखि असार मसान्तसम्म ६ सय ८० महिलामाथि हिंसा भएकाे हाे ।   कोरोना महामारी रोकथामका लागि सरकारले जारी गरेको निषेधाज्ञाको अवधिमा महिला पुनर्स्थापना केन्द्र, ओरेकले सङ्कलन गरेको तथ्याङ्कअनुसार ६३ जिल्लामा ६ सय ८० महिला हिंसामा परेका तथ्याङ्क सार्वजनिक भएको छ ।

 

निषेधाज्ञाको अवधिमा अभिलेखीकरण गरिएका ६ सय ८० घटनामध्ये तीन सय ४१ घटना घरेलु हिंसाका रहेका छन् । ५० प्रतिशत हिंसा घरभित्रै हुने गरेका पाइएको ओरेक नेपालले जनाएकाे छ ।

 

घरेलु हिंसाका घटनामा महिलालाई दाइजो नल्याएको वा कम ल्याएको, छोरी जन्माएको, विवाह भएको लामो समयसम्म बच्चा नजन्मिएको लगायतका कारण हिंसा भएको देखिन्छ । सामाजिक हिंसाका घटनामा यौन दुर्व्यवहार तथा मानव बेचबिखनका घटना धेरै छन् ।

 

यस्तै धेरैजसो महिला श्रीमान्, घरका सदस्य, नातेदार तथा छिमेकीबाट पीडित भएको पाइएको बताइएकाे छ ।  हिंसामा पर्ने महिलामध्ये ३१ प्रतिशतभन्दा धेरै १७ देखि २५ वर्ष उमेर समूह भित्रका रहेका छन् ।

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्

ताजा समाचार

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्