२४ पेनाल्टीमा २१ गाेल, क्रिष्टल प्यालेसमाथि बर्नमाउथकाे जित

काराबाओ कप अन्तर्गत मंगलबार राति भएको खेलमा बर्नमाउथले क्रिष्टल प्यालेसमाथि ११–१० को जित निकालेकाे छ ।

निर्धारित समयको खेलमा दुवै तर्फबाट गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियाे । दुवै टोलीले सुरुवाती १० प्रहारमा लगातार गोल गरेका थिए ।

११ पटकको प्रहारमा दुवै टोलीका गोलरक्षक चुके । ११ पटककाे प्रहारमा बर्नमाउथका डाभिड ब्रुक्सले गोल गर्दा प्यालेसका लुका मिलिभोजेभिचको प्रहार बर्नमाउथका गोलरक्षकले एस्मिर बेगोभिकले बचाएर जित दिलाए ।

बोर्नमाउथले अब तेस्रो चरणको खेलमा म्यानचेस्टर सिटीसँग खेल्ने तय भएको छ ।

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्

ताजा समाचार

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्