जैमिनीमा तेस्रो राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता सम्पन्न, उपाधि सर्वोदयलाई

याे सामग्री सेअर गर्नुहाेस्

सन्ध्या आचार्य
बागलुङ, २९ माघ २०७९ ।

बागलुङको जैमिनीमा भएको तेस्रो राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताको उपाधि सर्वोदय जनक मां. वि बिनामारेले हात पारेको छ । तीन दिनसम्म भएका विभिन्न विधाका प्रतियोगितामा ५ स्वर्ण ५ रजत र १ कास्य पदक जितेर सर्वोदय जनक मां वि बिनामारेले प्रथम स्थान हासिल गरेको हो ।

त्यस्तै शान्ति माध्यामिक विद्यालय कुश्मिसेराले ४ स्वर्ण ४ रजत र २ कास्य सहित द्वित्तीय भएको छ भने हिमालयन आवाशीय मा.वि ले ४ स्वर्ण, १ रजत र ३ कास्य सहित तृतीय स्थान हासिल गरेको छ ।

 

भलिवल खेल हेर्नुहाेस् 

शनिबार भएको छात्र भलिवल खेलमा जनता मां वि पैँयु प्रथम भएको छ भने जनकल्याण मां वि छिस्ती द्वित्तीय र सुन्तलाचौर मा. वि दमेक तृतीय भएका छन् । त्यस्तै छात्रा तर्फको भलिवल खेलमा सतिढुङ्गा मा. वि जैदी प्रथम, जनशिक्षित मा. वि अर्जेवा दोस्रो र राङ्खानी मा वि डाँडाखानी तेस्रो भएका छन् ।

मार्चपास भिडियाेमा हेर्नुहाेस् 

तीन दिनसम्म भएको कार्यक्रममा छात्र÷छात्रा १ सय, २ स र ,८ सय मिटर दौड, सटफुट, रिले दौड, तेक्वान्दो, पढाई सिप परिक्षण लगायतका थुप्रै प्रतियोगिताहरु सञ्चालन भएका थिए ।

तेस्रो राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता कार्यक्रमको शनिबार समापन गरिएको छ । माघ २६ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा जैमिनी नगरपालिकाका सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थीहरुले सहभागिता जनाएको शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख खेम प्रसाद आचार्यले जानकारी दिनुभयो । कार्यक्रम जैमिनी नगरपालिकाको आयोजना र सहारा क्लव कुश्मिसेराको समन्वयमा सम्पन्न भएको थियो ।

सुरूकाे दिनकाे प्रभातफेरी भिडियाेमा हेर्नुहाेस् 

 

जैमिनीमा तेस्रो राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता सुरु, विभिन्न प्रतियोगिता सञ्चालन


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार