जैमिनी नगरपालिकामा मावि स्तरीय दोश्रो राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता हुने, सूचना हेर्नुहाेस्

बागलुङ, १२ चैत २०७७ ।

जैमिनी नगरपालिकामा दोश्रो राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता हुने भएको छ । माध्यामिक तहका सबै बिद्यालय सहभागी गराई जैमिनी नगरपालिकाको केन्द्र कुश्मिसेरामा दोश्रो राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता हुने भएको हो ।

प्रतियोगिता आगामी चैत १९ गतेदेखि २१ गतेसम्म सहारा खेल मैदान कुश्मिसेरामा हुने जैमिनी नगरपालिका शिक्षा शाखाका संयोजक खेम प्रसाद आचार्यले जानकारी दिनुभयो ।

प्रतियोगिता अन्तरगत भलिवल, दौड र रिलेदौड, हाइजम्प, लङजम्प, ट्रिजम्प, ज्याभलिङ थ्रो र सटफुट प्रतियोगिताको आयोजना गरिएको नगरपालिकाले जनाएको छ । सो प्रतियोगितामा छात्र र छात्रा दुवैले भाग लिन सक्नेछन् ।

सटफुट १२ पाउण्डको र दौड १ सय, २ सय, ४ सय, ८ सय, र १ हजार ५ सय मिटरको हुने बताइएको छ ।

खेलाडी १८ बर्ष मुनिको र हालसम्म कक्षा १२ सम्म अध्ययनरत हुनुपर्ने नियम बनाइएको छ ।

प्रतियोगितामा प्रथम हुनेले नगद २० हजार रुपैयाँ, द्धित्तीय हुनेले १५ हजार र तृतीय हुनेले १० हजार रुपैयाँ, कप, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन् ।

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्

ताजा समाचार

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्