जीप दुर्घटना हुँदा एक नाबालकसहित ७ जनाको ज्यान गयो

याे सामग्री सेअर गर्नुहाेस्

काठमाण्डौ, १८ असार २०८१ ।

रोल्पा तालाबाङमा जीप दुर्घटना हुँदा एक नाबालकसहित सात जनाको ज्यान गएको छ । माडी गाउँपालिका वडा नम्बर ४ घर्तीगाउँबाट तालाबाङतर्फ जाँदै गरेको लु १ ज ३२५२ नम्बरको जीप हिजो बेलुका परेवा छहरामा दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै र दुई जनाको अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ ।

ज्यान गुमाउनेमा माडी गाउँपालिका–३ तालावाङका जुनमाया खड्का र खडकबहादुर डाँगी, दाबाङकी अमृता घर्ती, अमृताकी १८ महिनाको छोरी, परिवर्तन गाउँपालिका– २ राङ्सीकी रामकली पुनको घटनास्थलमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

यस्तै रेऊघा अस्पतालमा उपचारका लागि पुर्‍याइएका माडी गाउँपालिका–३ दाबाङका झुपलाल डाँगी र र एक महिलाको ज्यान गएको हो । दुर्घटनामा घाइते भएका १० जनालाई घर्तीगाउँ स्मृति अस्पतालमा प्राथमिक उपचार पश्चात् थप उपचारका लागि रेउघा जिल्ला अस्पतालमा रिफर गरिएको छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो