सकियाे दशैँः आजदेखि सरकारी कार्यालय खुल्याे, कर्मथलाे फर्किनेहरू बढे

काठमाडाैँ, ९ कात्तिक २०८३ ।  आजदेखि सरकारी कार्यालय खुलेकाे छ । दशैँ सकिएपछि आजदेखि सरकारी कार्यालय खुलेकाे हाे । लामो बिदापछि सरकारी तथा गैरसरकारी कार्यालय, विभिन्न व्यवसाय पुनः सुचारू भएकाे छ । रोजगारी, अध्ययन तथा व्यवसायका लागि काठमाण्डौ उपत्यकामा बस्दै आएका नागरिक दशैँको टीका, जमरा र पारिवारिक भेटघाटपछि नियमित काममा फर्किन थालेका छन् । नियमित […]

पुरा पढ्नुहाेस्

आमाप्रतिको प्रेम र सम्मानः १३ दिन किरिया बसिन् छोरी दीपिका, छोरा छोरी बराबरीको उदाहरण

राजु गुरुङ चितवन, ८ कात्तिक २०८३ । आमाको मृत्यु भएपछि छोरीले किरिया गरेकी छन् । गोरखा पालुङटार घर भै चितवन बस्दै आएकी दीपिका न्यौपानेले आमाको मृत्युमा दाजुभाइसँगै किरिया गरेकी हुन् । गत असोज २४ गते आमा टीकामाया अधिकारी न्यौपानेको ५२ वर्षको उमेरमा असामयिक निधन भएपछि छोरी दीपिकाले छोरा र छोरीमा भेदभाव नहुने भन्दै १३ दिन […]

पुरा पढ्नुहाेस्

११ गतेदेखि १५ गतेसम्म पानी पर्ने, किसानलाई धान भित्र्याउन भ्याइनभ्याइ

काठमाडाैँ, ७ कात्तिक २०८३ । ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने भएकाे छ । बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणाली चक्रवात (आँधी) मा परिणत हुने र त्यसको प्रभाव नेपालमा पनि पर्ने भएको हाे । आउँदो हप्ता नेपालको मौसम प्रभावित हुन सक्ने भन्दै सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन निकालेर आग्रह गरेको छ । यस […]

पुरा पढ्नुहाेस्

परदेशका नेपालीको कथा बोकेको ‘जीवनशास्त्र’ को प्रशारण नियमित हुने

कतार, ६ कात्तिक २०८३ । परदेशका नेपालीको कथा बोकेको ‘जीवनशास्त्र’को प्रशारण नियमित हुने भएको छ । कतारबाट प्रसारण हुँदै आएको नेपालीहरूको जीवनकथा र संघर्षका अनुभव समेट्ने साप्ताहिक कार्यक्रम ‘जीवनशास्त्र’ नियमित हुने भएको हो । गत शुक्रबारको अंक केही प्राविधिक समस्या तथा नेपालीहरूको महान् पर्व बडादसैँका कारण प्रभावित भएकोमा अबका अंक नियमित प्रशारण हुने कार्यक्रमका व्यवस्थापक […]

पुरा पढ्नुहाेस्

आज बडादशैँकाे मुख्य दिनः टीका र जमरा लगाएर मनाइँदै, उत्तम साइत बिहान १० बजेर २६ मिनेटमा

काठमाडाैँ, ४ कात्तिक २०८३ ।  आज बडादशैँकाे मुख्य दिन, टीका र जमरा लगाएर मनाइँदैछ ।  दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा टीका र जमरा लगाएर विजयादशमी मनाउन लागिएकाे हाे । दशैँ घर वा पूजा कोठामा नवरात्रका नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ । घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक […]

पुरा पढ्नुहाेस्

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा २५ शैया थप, यस्ताे छ सुविधा

पाेखरा, ३ कात्तिक २०८३ । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा २५ शैया थप भएकाे छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा २५ शैयाको नयाँ सघन उपचार कक्ष सञ्चालनमा आएको हाे । नयाँ कक्षमा १६ शैयाको सघन उपचार कक्ष, आठ शैयाको कोरोनरी केयर युनिट र एक शैयाको आइसोलेसन आईसीयू रहेको प्रतिष्ठानका निर्देशक डा. झपिन्द्र पोखरेलले […]

पुरा पढ्नुहाेस्

आज दशैँको महानवमीः शक्तिपीठमा भक्तजनको घुइँचो, तलेजु मन्दिर खुला

काठमाडाैँ, ३ कात्तिक २०८३ । दशैँ अर्थात् नवरात्र अन्तर्गत आज महानवमी पर्व, नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी देशभर मनाइँदैछ । हरेक वर्ष असोज शुक्ल नवमीका दिनमा दशैँ घर र कोतलगायत विभिन्न देवीमन्दिर र शक्तिपीठमा दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती (चण्डी), देवीभागवत एवं देवीस्तोत्र पाठ गरी महानवमी मनाउने गरिन्छ । आजका दिन […]

पुरा पढ्नुहाेस्

काठमाडाैँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन, यस्ताे छ बस चल्ने रूट

काठमाडाैँ, २ कात्तिक २०८३ । काठमाडाैँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन भएकाे छ । दशैँको अवसरमा काठमाडाैँ उपत्यकामा सशस्त्र प्रहरी बल नेपालले निःशुल्क बस सेवा सञ्चालन गरेको हाे  । दशैँमा काठमाडाैँ उपत्यकामा सार्वजनिक यातायातका साधन न्यून रूपमा चल्ने भएकाले आवतजावतमा सुविधा पुर्‍याउने उद्देश्यका साथ निःशुल्क २ वटा बस सेवा सञ्चालन गरिएको सशस्त्र प्रहरी नायब महानिरीक्षक […]

पुरा पढ्नुहाेस्

नुवाकोटको ढुङ्गे–त्रिशूली जोड्ने झोलुङ्गे पुलबाट आवतजावत खुल्यो, पुल सम्पन्न हुनै बाँकी

नुवाकाेट, १ कात्तिक २०८३ । नुवाकोटको ढुङ्गे–त्रिशूली जोड्ने झोलुङ्गे पुलबाट आवतजावत खुलेकाे छ । भोटेकोशी बाढीले नुवाकोटको विदुर नगरपालिका–१ त्रिशूली नदीमाथिका दुई वटा पक्की पुल बगाएपछि अवरुद्ध बनेको आवतजावत झोलुङ्गे पुल निर्माणसँगै सहज भएको हाे । ढुङ्गे र त्रिशूली बजारलाई जोड्ने गरी निर्माण गरिएको पुल पूर्ण रूपमा सम्पन्न हुन बाँकी रहे पनि स्थानीयवासीको सहजताका लागि […]

पुरा पढ्नुहाेस्

स्वास्थ्य बीमा सेवा प्रदायक स्वास्थ्य संस्थाले अनावश्यक परीक्षण गराए भुक्तानी नपाउने

काठमाडाैँ, ३१ असाेज २०८३ ।  स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थालाई अनावश्यक परीक्षणको दाबी अस्वीकृत हुनेसहित पाँचबुँदे निर्देशन दिएको छ । स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन बोर्डले बीमितको रोग र स्वास्थ्य अवस्थासँग सम्बन्धित नभएका अनावश्यक परीक्षण गराए त्यस्तो परीक्षणको दाबी अस्वीकृत गर्ने चेतावनी दिएको हाे । बोर्डले स्वास्थ्य बीमा ऐन, २०७४ अनुसार सम्झौता गरी […]

पुरा पढ्नुहाेस्