बागलुङ, ७ फागुन २०७७
जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुङ्गानाले शिक्षक भनेको खुल्ला किताब भएकाले सबैले पढ्न सक्ने हुनुपर्ने बताउनुभएको छ । शुक्रवार सर्बोदय माध्यामिक बिद्यालय बरेङको ६० औं वार्षिकोत्सव तथा अभिभावक दिवसको मुल समारोह उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
शिक्षकहरुले १० बजे देखि ४ बजे सम्म मात्र आफ्नो कर्तव्य सम्झिने गरेको प्रति इंकित गर्दै उहाँले शिक्षकहरु अरु समयमा पनि समाजमा शिक्षककै भुमिकामा रहनुपर्ने धारणा राख्नुभयो ।
शिक्षकबाट अविभावक र बिद्यार्थीहरुले धेरै आशा गरेकाले समाजको अग्रगामी भुमिकामा रहन उहाँले शिक्षकहरुलाई आग्रह गर्नुभयो ।
शिक्षामा राजनिति गर्न नहुने भन्दै प्रमुख ढुङ्गानाले राजनितिले शिक्षालाई अधोगतितिर धकेल्ने बताउनुभयो । बागलुङको बरेङ गाउँपालिकाले शिक्षामा गरेको लगानी प्रशंसनीय भएको भन्दै उहाँले लगानी अनुसारको प्रतिफल प्राप्त गर्न शिक्षक, बिद्यार्थी र अविभावक समेत उत्तिकै जिम्मेवार बन्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक ठगराज शर्माले आर्थिक तथा प्रगति प्रतिवेदन पेश गर्नु भएको थियो ।
प्रतिक्रिया दिनुहाेस्