कोटीहोमको अवसर पारेर काठमाडौमा बृहत् साईकल र्‍याली गरिँदै

याे सामग्री सेअर गर्नुहाेस्

सुजन प्रेमी सुवेदी
काठमाडौ, २७ असार २०८१ ।

काठमाडौमा बृहत साईकल र्‍याली हुने भएको छ । काठमाडौको पशुपतिनाथ मन्दिर परिसरबाट बृहत साइकल र्‍याली हुने भएको हो ।

मानव सेवा फाउण्डेशनले आयोजना गरेको ऐतिहासिक श्री पशुपति कोटिहोम एवं १०८ श्रीमद् भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञको अवसरमा असार ३० गते साईकल र्‍यालीको आयोजना गरिएको आयोजक मानव सेवा फाउण्डेशनले जनाएको छ । पशुपति कोटीहोमको बारे सबैलाई जानकारी दिन र शान्तिको सन्देश फैलाउन र्‍यालीको आयोजना गरिएको बताइएको छ ।

असार ३० गते बिहान ११ बजे पशुपतिनाथ मन्दिरबाट र्‍याली सुरु भएर चक्रपथ परिक्रमा गरिने छ । र्‍यालीमा सहभागी हुन चाहनेहरुले ९८५१३५७०१५ वा ९८५१३५७००७ मा सम्पर्क गरेर नाम टिपाउन सकिने छ । यस अघि असार २२ गते मोटरसाईकल र्‍याली, २४ गते ट्याक्सी र्‍याली र असार २६ गते रिक्सा र्‍याली सम्पन्न भैसकेको छ ।

साउन १ गतेदेखि ३२ गतेसम्म पशु्पति मन्दिर क्षेत्रको हंशमण्डप वनकालीमा हुने कोटीहोममा असार २२ गतेबाट विभिन्न कार्यक्रम थालिएको भएपनि महायज्ञको उद्घाटन भने साउन १ गते हुनेछ । साउन महिनामा पशुपति मन्दिरमा भक्तजनहरुको उल्लेख्य उपस्थिति हुने र सोहि समयमा युगमा एकपटक हुने बृहत कोटीहोमको आयोजना गरिएको आयोजकले जनाएको छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसबुकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार