अन्नपूर्णको हिमपहिरोमा हराएका थप दुईसहित सातको शव फेला

याे सामग्री सेअर गर्नुहाेस्

कास्की । अन्नपूर्ण आधार शिविर पदयात्राको क्रममा गत माघ ३ गते कास्कीको अन्नपूर्ण गाउँपालिका–११ को हिङ्कुकेभ वरिपरिको हिमपहिरोमा परी बेपत्ता थप दुई जनाको शव आज बिहान फेला परेको छ ।

यससँगै सो पहिरोमा परेर हराएका तीन नेपाली पर्यटक पथप्रदर्शक तथा चार कोरियन पर्यटक गरी सात जनाकै शव फेला परेको हो । आज नेपाली छिरिङ भोटे र अर्का एक कोरियन पर्यटकको शव भेटिएको हो ।

चार दिनदेखि बेपत्ताको खोजीमा रहेको नेपाली सेना, नेपाल प्रहरी तथा स्थानीयवासीसहितको टोलीले बेपत्ता उनीहरुको शव भेट्टाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजकुमार केसीले बताउनुभयो ।

उनीहरुको शव ल्याउनका लागि सेनाको हेलिकोप्टर तयारी अवस्थामा रहे पनि मौसमको प्रतिकूलताका कारणले घटनास्थलमा जान नसकेको प्रवक्ता केसीले जानकारी दिनुभयो ।

गर्मीयाम शुरु भएसँगै घटनास्थलमा जमेको बाक्लो हिउँ पग्लन थालेपछि पहिरोमा परेका अन्यको यसअघि विभिन्न मितिमा शव भेटिएको थियो । अन्नपूर्ण पदयात्राको क्रममा तीन हजार २०० मिटर उचाइमा अवस्थित हिङ्कुकेभ वरिपरि गएको हिमपहिरोमा पर्यटक र नेपाली पथप्रर्दशक हराएका थिए ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसबुकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

मामाघर अनाथालय आश्रमको सामाजिक लेखा परिक्षण तथा आयव्यय विवरण सार्वजनिक

रुघाखोकी लाग्दैमा जथाभाबी औषधि खाँदा थप समस्या निम्तिन सक्ने