Breaking News: प्रधानमन्त्री ओलीले उद्घाटन गरेको राप्ती पुलको शिलालेख तोडफोड

याे सामग्री सेअर गर्नुहाेस्

 हेमराज शर्मा
दाङ, १० फागुन २०७७ ।

दाङ देउखुरीको राप्ती नदीमा प्रधानमन्त्री केपी शर्मा ओलीले गएकाे माघ १२ गते नेपालको दोस्रो लामो पक्की पुलको उद्घाटन गर्दा राखिएको शिलालेख तोडफोड भएको छ ।

सिसहनिया-महादेवा जोड्ने पक्की पुलको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले शिलालेख अनावरण समेत गर्नुभएको थियो । पुल उद्घाटन भएको एक महिना नपुग्दै शिलालेख तोडफोड गरिएको भएको छ । कसले र किन शिलालेख तोडफोड गर्याे भन्ने बारेमा आधिकारीक जानकारी आउन बाँकी छ ।

इलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख राजकुमार भट्टले शिलालेख तोडफोड गरेको बारेमा अनुसन्धान सुरु भएको बताउनुभयो । शिलालेखमा लेखिएको विवरणमा त्रुटि भएको विषयमा उद्घाटनको दिन महादेवा क्षेत्रका स्थानीयबासिन्दाले सुझाव दिएका थिए ।

पुल महादेवाको क्षेत्रमा बनेको तर, पुलको नाम शिलालेखमा सिसहनिया पुल लेखिएको भन्दै गुनासो आएको थियो । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०७३ साल मंसिर २२ गते शिलान्यास गर्नु भएको थियो । झण्डै एक अर्ब रुपैयाँको लागतमा बनेको यो पुल चार वर्षभित्र बनाइसक्ने सम्झौता भएको थियो । तर, पुल पूर्वनिर्धारित समयभन्दा चार महिना अगाडि नै निर्माण सम्पन्न भएको थियो । यो पुलको लम्बाइ ८६० मिटर र चौडाइ साढे १० मिटर छ । उज्यालाे अनलाइनबाट


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसबुकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

मामाघर अनाथालय आश्रमको सामाजिक लेखा परिक्षण तथा आयव्यय विवरण सार्वजनिक

रुघाखोकी लाग्दैमा जथाभाबी औषधि खाँदा थप समस्या निम्तिन सक्ने