कांग्रेस फकाउँदै दाहाल–नेपाल: सभापति देउवा संग छलफल, सत्ता सहकार्यको प्रस्ताव

याे सामग्री सेअर गर्नुहाेस्

काठमाडौं, १२ फागुन २०७७ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र दाहाल–नेपाल पक्षीय नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । उहाँहरुबीच देउवानिवास बुढानिलकण्ठमा २० मिनेट संवाद भएको हाे ।

भेटवार्ताको क्रममा प्रतिनिधिसभा पुनःस्थापनापछि हुनसक्ने सम्भावित सत्ता सहकार्यको विषयमा छलफल भएको श्राेतले जनाएकाे छ । छलफलका क्रममा दाहाल–नेपाल समूहले शेरबहादुर देउवालाई सरकार बनाउन आफूहरूलाई साथ दिन आग्रह गर्नुभएको छ ।

जवाफमा देउवाले आफूहरूले पार्टीमा छलफल गरेर मात्र निर्णय दिने बताएको देउवानिकट स्थायी समिति सदस्यले जानकारी दिनुभयो । नेपाली कांग्रेस नेकपाको दुवै पक्षसँगको छलफलपछि मात्र निष्कर्षमा पुग्ने देखिएको छ । एक स्थायी कमिटी सदस्यका अनुसार जुन पक्षसँगको वार्ता बढी फलदायी हुन्छ, कांग्रेसले उसैसँग सत्ता सहकार्य गर्नेछ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसबुकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

मामाघर अनाथालय आश्रमको सामाजिक लेखा परिक्षण तथा आयव्यय विवरण सार्वजनिक

रुघाखोकी लाग्दैमा जथाभाबी औषधि खाँदा थप समस्या निम्तिन सक्ने