असईको मृत्यु भएको तीन दिनपछि सप्तरीमा फेरी एकजना प्रहरीको अकस्मात मृत्यु

याे सामग्री सेअर गर्नुहाेस्

सप्तरी । सप्तरीमा पुनः एक जना प्रहरीको ड्युटी गरिरहेकै अवस्थामा एक्कासी मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय, राजविराजमा कार्यरत प्रहरी हवल्दार रामबहादुर मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयभित्रै ‘स्ट्यान्डवाइ ड्युटी’ गरिरहेको बखत बिहीबार बिहान ३७ वर्षीय मगरको एक्कासी मृत्यु भएको प्रहरी कार्यालयले जनाएको छ ।

मृतक प्रहरी हबल्दार उदयपुर जिल्ला निवासी रहेको बताइएको छ । उनको मृत्युबारे तत्काल केही भन्न नसकिने र पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै थाहा हुने प्रहरीको भनाइ छ ।

यसअघि सप्तरीमै एक जना सशस्त्र प्रहरीका असईको पनि ड्यूटी गरिरहेकै अवस्थामा मृत्यु भएको थियो ।

भारतसँग सीमा जोडिएको सप्तरीको बोदे बर्साइन नगरपालिका ९ देउरीमा खटिएका सशस्त्र प्रहरीका असई कुलबहादुर कार्कीको सोमबार मृत्यु भएको थियो ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसबुकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

मामाघर अनाथालय आश्रमको सामाजिक लेखा परिक्षण तथा आयव्यय विवरण सार्वजनिक

रुघाखोकी लाग्दैमा जथाभाबी औषधि खाँदा थप समस्या निम्तिन सक्ने