बागलुङकी पत्रकार पन्त केशव बडाल सहकारी पत्रकारिता पुरस्कारबाट सम्मानित

याे सामग्री सेअर गर्नुहाेस्

पोखरा, २५ फागुन २०७७ ।

आदर्श सञ्चार सहकारी संस्था लिमिटेडका सहसम्पादक सिर्जना पन्तलाई केशव बडाल सहकारी पत्रकारिता सम्मान २०७७ प्रदान गरिएको छ । नेपालको सहकारी अभियानका शिर्ष व्यक्तित्व केशव बडालको नाममा स्थापना गरिएको नगद १५ हजार सहितको उक्त सम्मान मंगलवार पोखरामा आयोजित सहकारी मार्फत आर्थिक समृद्धिका लागि प्रदेश तथा स्थानीय तहको भूमिका विषयक प्रादेशिक गोष्ठीका अवसरमा पन्तलाई प्रदान गरिएको हो ।

राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय सहकारी महासंघका ग्लोवल बोर्ड सदस्य ओमदेवी मल्लले उक्त पुरस्कारको स्थापना गर्नु भएको हो ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा.शिवमाया तुम्बाहाम्फेले पुरस्कृत पन्तलाई नगद १५ हजार, कदरपत्र सहित पुरस्कृत गर्नु भएको छ ।

सो अवसरमा बोल्दै मन्त्री तुम्बाहाम्फेले पत्रकारहरुले समाज रुपान्तरणका लागि महत्वपूर्ण भूमिका खेल्ने भएकाले सकारात्मक सोचका साथ अगाडि बढ्न आव्हान गर्नु भयो ।
हरेक वर्ष रिलायवल वचत तथा ऋण सहकारी संस्थाको साधारणसभामा प्रदान गर्ने गरी स्थापना भएको उक्त सम्मान यस वर्ष पन्तलाई प्रदान गरिएको हो ।

बागलुङ जिल्लालाई कार्यक्षेत्र बनाएर विगत १ दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल पन्त आदर्श सञ्चार सहकारी संस्थाद्वारा प्रकाशित तथा सञ्चालित धौलागिरी जागरण दैनिक, अग्रसर साप्ताहिक र आदर्शसञ्चार अनलाइनका सहसम्पादक हुनुहुन्छ । केशव बडाल सहकारी सम्मान २०७६ बाट सहकारी पत्रकार समाजका पूर्व अध्यक्ष यादव हुमागाई सम्मानित हुनु भएको थियो ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसबुकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

मामाघर अनाथालय आश्रमको सामाजिक लेखा परिक्षण तथा आयव्यय विवरण सार्वजनिक

रुघाखोकी लाग्दैमा जथाभाबी औषधि खाँदा थप समस्या निम्तिन सक्ने