काठमाडाै, २६ फागुन २०७७ ।
ज्योति लाइफको आईपीओमा आवेदन दिने म्याद आज सकिँदै छ । ज्योति लाइफ इन्स्योरेन्सले फागुन २१ गतेदेखि निष्काशनमा ल्याएको प्राथमिक शेयर (आईपीओ) मा आवेदन दिने म्याद आज सकिन लागेकाे हाे ।
कम्पनीले कुल जारी पूँजीको ३० प्रतिशत अर्थात ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता शेयर निष्काशनमा ल्याएको थियाे ।
त्यसमध्ये ५ प्रतिशत अर्थात ३ लाख ३० हजार कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत अर्थात ३ लाख ३० हजार कित्ता सामूहिक लागनीकोषहरुलाई सुरक्षित गरी बाँकी ५९ लाख ४० हजार कित्ता शेयरमा सर्वसाधारणको लागि निष्काशन गरिएकाे छ ।
कम्पनीको आईपीओमा प्रतिशेयर १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि ६६ हजार कित्तासम्मको लागि आवेदन दिन सकिनेछ। नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरोशेयरको वेब तथा एप मार्फत पनि आईपीओमा आवेदन दिन सकिने व्यवस्था छ।
प्रतिक्रिया दिनुहाेस्