रामेछाप, १४ चैत २०७७ ।
वनमा लागेको आगो निभाउन जाँदा भिरबाट लडेर एकजनाकाे ज्यान गएकाे छ । आगो निभाउने जाने क्रममा भिरबाट लड्दा रामेछापको दोरम्बा गाउँपालिका वडा नं–७ का ७० वर्षीय प्रभुलाल श्रेष्ठको ज्यान गएको हाे ।
दाेरम्बा ७ खर्पाखामा लागेको आगो निभाउन जाने क्रममा गएराती श्रेष्ठकाे लडेर ज्यान गएकाे जिल्ला प्रहरी कार्यलय रामेछापले जानकारी दिएकाे छ । श्रेष्ठ भिरबाट करिब एक सय मिटर तल खसेका थिए ।
भिरबाट खसेर गम्भिर घाइते भएका श्रेष्ठलाई स्थानीयहरुले उद्धार गरि उपचार गर्नको लागि काठमाडौं लैजाने क्रममा बाटाेमा ज्यान गएको रामेछापका प्रहरी प्रवक्ता श्रीशंकर श्रेष्ठले जानकारी दिनुभयाे । मृतककाे शव पाेष्टमार्टमकाे लागि जिल्ला सदरमुकाम मन्थली लगिँदैछ । मृतककाे शरिरमा आगोले पाेलेकाे छ ।
फेसबुकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।
प्रतिक्रिया दिनुहाेस्