चर्को विराध भएपछि नगरपालिकाले पुल तर्दा लाग्ने शुल्क हटायाे, अब निशुल्क पुल तर्न पाइने

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, ९ बैशाख २०७८ । 

बागलुङको बाङ्गेचौर र पर्वतको अदुवाबारी जोड्ने कालिगण्डकी माथि बनेको झोलुङ्गे पुल तर्दा पैसा तिर्नुपर्ने व्यवस्था हटेकाे छ । नागरिककाे चर्काे विराेधपछि बागलुङ नगरपालिकाले कर नलिने निर्णय गरेकाे हाे ।

बागलुङ नगरपालिकाको गत चैत २५ गते बसेको कार्यपालिकाको बैठकले निर्णय गरी पुल तर्ने व्यक्तिले प्रति पटक २० रुपैयाँ तिर्नुपर्ने  नियम लगाइएकाेमा बिहिबार एक बिज्ञप्ती जारी गर्दै तत्काल कर नलिइने नगरपालिकाले जनाएकाे छ ।

चैते दशैँका दिनदेखि शुल्क लिने भन्दै नगरपालिकाले कर उठाउन थालेपछि नागरिक स्तरबाट चर्काे विराेध भएकाे थियाे । यस बिषयमा जिल्लाखबर डटकमले समाचार प्रकाशित गरेपछि याे बिषय अझै सतहमा आएकाे थियाे।

सम्बन्धित समाचार 

बागलुङ – पर्वत जोड्ने लामोपुल तर्दा पैसा तिर्नुपर्ने, सार्वजनिक पुलमा पैसा किन उठाइयो ?

May be an image of text


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसबुकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

मामाघर अनाथालय आश्रमको सामाजिक लेखा परिक्षण तथा आयव्यय विवरण सार्वजनिक

रुघाखोकी लाग्दैमा जथाभाबी औषधि खाँदा थप समस्या निम्तिन सक्ने