काठमाडाैंमा टिपरको ठक्करबाट नुवाकाेट बेलकाेटगढीका दुई जनाको ज्यान गयाे

याे सामग्री सेअर गर्नुहाेस्

काठमाडाैं, २० असार २०७८ ।

काठमाडाैंमा टिपरको ठक्करबाट नुवाकाेट बेलकाेटगढीका दुई जनाको ज्यान गएकाे छ ।

 

काठमाडाैं स्थित  टोखा नगरपालिकामा टिपरको ठक्करबाट नुवाकाेट बेलकाेटगढी नगरपालिका-६ निवासि दुई जनाको ज्यान गएको हाे । शनिबार भएकाे उक्त दुर्घटनामा एक जना घाइते भएका छन् ।

 

शनिबार राती करीव पौने ११ बजे बा २ क ३४६६ नम्बरको टिपरको ठक्करबाट दुई जनाको ज्यान जानुका साथै एक जना घाइते भएका हुन् ।  टिपरले प्रदेश ३–०२–०१० प ७२२१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएर दुर्घटना भएकाे थियाे ।

 

दुर्घटनामा परि मृत्यु हुनेमा मोटरसाइकलका चालक नुवाकोटको बेलकोट नगरपालिका-६ का २६ वर्षका सन्तोष अधिकारी र साेहि स्थानका मोटरसाइकलको पछाडि बसेका २२ वर्षका दिपेश थापाको घटनास्थलमै मृत्यु भएकाे प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेकाे मोटरसाइकलमा तीन जना सवार थिए । ती मध्ये मोटरसाइकलकै पछाडि बस्ने अर्का ३० वर्षका सागर खतिवडा भने घाइते हुनुभएकाे छ । घाइते भएका खतिवडाकाे त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ ।  टिपर चालकलाई भने पक्राउ गरीएकाे प्रहरीले जनाएकाे छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसबुकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार